Kathmandu Press

पाेखराकाे बेगनास तालमा डुंगा पल्टिदा डुबेर एक जनकाे मृत्यु

पाेखराकाे बेगनास तालमा डुंगा पल्टिदा डुबेर एक जनकाे मृत्यु

कास्की, असोज २९ : पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा डुबेर सोही महानगरपालिका-१३ बाझापाटन बस्ने २८ वर्षीय लाल बहादुर गुरूङको शुक्रबार मृत्यु भएको छ।

डुंगा चलाउने क्रममा डुंगा पल्टी डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही तालमा शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, असोज २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्