Kathmandu Press

ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जना कारबाहीमा

ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जना कारबाहीमा

काठमाडाैं, असाेज २९ : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको छ।

शनिबार कार्यालय मातहतका विभिन्न ठाउँमा विशेष चेकिङ गरेको थियो। त्यसअन्तर्गत ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।

Hardik ivf

नम्बर प्लेट स्पष्ट नभएका ४४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तिव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठूलो आवाज निकाल्ने २ वटा मोटरसाइकल चालक कारबाहीमा परेका हुन्।

त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७८८ जना चालक पनि कारबाहीमा परेका छन्।

स्पष्ट रूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखि तिव्रता दिएको हो।

नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुने कार्यालयले जनाएको छ।

साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्नुहुन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: १९:४१ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्