Kathmandu Press

‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको बताए।
‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौं, असाेज २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन्। 

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको बताए।

केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव क्रियाशील रहने बताए।

उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, असोज २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्