Kathmandu Press

तिनाउ खोलाले बगाउँदा युवक बेपत्ता

अर्यालले सधै एउटै स्थानबाट खोला वारपार गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
तिनाउ खोलाले बगाउँदा युवक बेपत्ता

बुटवल, असोज २९ : बुटवलको तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका–११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल बेपत्ता भएको प्रहरीले जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार पुलभन्दा तलपट्टी रहेको ड्याम नजिकैबाट लुम्बिनी प्रादेशिक अस्पतालतर्फ आउँदै गर्दा उनलाई खोलाको भेलले बगाएको हो।

अर्यालले सधै एउटै स्थानबाट खोला वारपार गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बेपत्ता अर्यालको खोजी सुरु भएको छ। अर्यालले लुम्बिनी प्रादेशिक अस्पतालअगाडि फुटपाथमा  व्यवसाय सञ्चालन गर्दै आएका थिए।

प्रकाशित मिति: १६:०३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्