Kathmandu Press

पोखरामा भाइटीका महोत्सव हुने

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
पोखरामा भाइटीका महोत्सव हुने

कास्की, असाेज २९ : होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ। 

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

Hardik ivf

कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे।

महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार कोभिडकै कारण अघिल्ला दुई वर्ष गर्न नसकिएको महोत्सव विगत वर्षदेखि पुनःनिरन्तरता दिन थालिएको हो। महोत्सवका लागि विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएरसमेत आउने अपेक्षा गरिएको उनले बताए।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्न यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय गतिविधिका रुपमा स्थापित भएको संघले जनाएको छ।

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्