खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे
'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।
अमासरा, असाेज २९ : उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन्। खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।
'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।
सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए।
ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर ९गज० तल रहेको अनुमान गरिएको छ।
स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए। केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो।
सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो।

-1744698085.png)