Kathmandu Press

आक्रमणको धम्कीपछि हल्यान्डकी राजकुमारी दरबार फिर्ता

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन्। 
आक्रमणको धम्कीपछि हल्यान्डकी राजकुमारी दरबार फिर्ता

हेग, असोज २९ : अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्यान्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन्।

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डसका सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन्। 

'उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,' रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै  भनिन्। राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन्।   

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया  राजकुमारी  अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सर्नुभएको थियो। गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो। राजकुमारीमाथि सङ्गठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो।

राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उहाँको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन्। 

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, असोज २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्