Kathmandu Press

केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित

एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध(सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ।
केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित

नैरोबी, असोज २९ : केन्यामा खडेरीका कारण पाँच वर्षमुनिका करिब ९ लाख ४२ हजार बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुक्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ।

एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध(सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ। एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ।
संस्थाले केन्यामा मानवीय सहायताको  तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल  ४३ लाख भन्दा बढी रहेको बताएको छ। सो सङ्ख्या  गत जुनको ४१ लाखको आसपासामा रहेको थियो।  

Hardik ivf

एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको  पनि बताएको छ। यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ।

हर्न अफ अफ्रिकाका लाखौं मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन्।

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्