Kathmandu Press

मुख्यमन्त्री पाण्डेलाई कानुनी  मस्यौदा

उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो।
मुख्यमन्त्री पाण्डेलाई कानुनी  मस्यौदा
Hardik ivf

वाग्मती, असाेज २९ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ।

उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गर्नुभएको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन ऐन २०७९ तथा संङ्गठनात्मक संरचना र जनशक्ति सम्वन्धी ऐन २०७९ रहेका छन्।

उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो। मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो। 

प्रकाशित मिति: १४:१० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्