Kathmandu Press

एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार संदिग्ध गिरोह पक्राउ

सरकारले वारेन्टबिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका  ५५, ००० भन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन्।
एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार संदिग्ध गिरोह पक्राउ

सान साल्भाडोर, असाेज २९ : राष्ट्रपति नायब बुकेले सात महिनाअघि आपराधिक समूहहरू विरुद्ध 'युद्ध' घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५,००० भन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ।

सरकारले वारेन्टबिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका  ५५, ००० भन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन्। कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा  विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ। 

Hardik ivf

'हामीले (संगठित अपराधविरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,' भिल्लाटोरोले  उल्लेख गरेका छन्।

प्रहरी र सैन्य बलहरूले  १, ६४४  थान बन्दुक,  २,०२६ सवारी साधन, १२,८४२ सेल फोन र  १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ। 

कैदीहरूको बढ्दो सङ्ख्यालाऐ लक्ष्यित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा  ४०, ०००  अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन्।

उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्