काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार कँडेलले गरे तलबभत्ता नलिने घोषणा
कँलेलले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा कोष खडा गरेर तलबभत्ता आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुको लागि खर्च गर्ने घोषणा गरेका छन्।
काठमाडौं, असाेज २९ : मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले आफूले निर्वाचन जिते तलबभत्ता नलिने घोषणा गरेका छन्।
कँलेलले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा कोष खडा गरेर तलबभत्ता आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुको लागि खर्च गर्ने घोषणा गरेका हुन्।
निर्वाचनका लागि टोखा नगरपालिका-२ मा मतदातासँग भेट गर्ने क्रममा कँडेले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने र अशक्त, अपांग, विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च गर्ने भनाइ सार्वजनिक गरेका हुन्।
काठमाडौं-५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता प्रदीप पौडेललगायतका राजनीतिक दलका नेताहरुले पनि उम्मेदवारी दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा ३० जना प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुमध्ये कँडेल बलियो उम्मेदवार हुन्।
आफू निर्वाचित भएमा तलब, भत्ता तथा सेवा नलिने घोषणा गर्दै उनले भने, ‘जनताको गाँस काटेर जम्मा गरिएको करको रकमबाट जनप्रतिनिधिको हैसियतले राज्यकोषबाट तलबभत्तालगायत कुनै पनि सेवा नलिने कबुल गर्दछु।' कँडेलले त्यस्तो सुविधा अरू जनप्रतिनिधिले पनि लिन नहुने कुरामा निरन्तर खबरदारी गरिने बताए।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेललाई यसअघि नै निर्वाचन आयोगले चप्पल चुनाव चिन्ह प्रदान गरिसकेको छ।












