Kathmandu Press

जुम्लाका बाढी पहिरो पीडितले पाए राहत

सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्वल ४० थान र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ ।
जुम्लाका बाढी पहिरो पीडितले पाए राहत

जुम्ला, असाेज २९ : गत एकसातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवावाट राहत वितरण दिन थालेको छ ।

प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट राहात वितरण गरेको हो ।

नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात सामाग्री प्रदान गरिएको बताए।

Hardik ivf

सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्वल ४० थान र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ ।

सिंजा गाउँपालिकामा त्रिपाल २५ थान, कम्बल २५ थान, प्लाष्टिक पाल २५ थान उपलब्ध गराइएको  छ । हिमा गाउँपालिकामा कम्बल २५ थान, त्रिपाल २५थान र  डिटोल सावुन एक कार्टुन उपलब्ध गराइएको छ ।

यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० थान त्रिपाल, कम्वल एक सय थान टेण्टपाल एक सय थान, डिटोल सावुन एक कार्टुन पु¥याइएको थियो। हेलिकोप्टरबाट यही २४ गते कनकासुन्दरी र हिमाका घाईतेको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले कर्णाली प्रदेश सरकारको सहयोगमा प्राप्त राहत सामाग्री बाढी पहिरो पिडितलाई उपलब्ध गराइएको तर वितरणको वास्तविक विवरण आउन बाँकी रहेको जानकारी दिए।

यही असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा तीन सय ८६ घरमा पूर्ण क्षति  भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी सिंजा गाउँपालिकामा ५१ घर पूर्णरुपमा क्षति भएको छ भने कनकासुन्दरी गाउँपालिकामा  पहिरोले आठ जनाको मृत्यु भएको र घरको क्षतिबारे तथ्याङक संकलन भइरहेको छ।

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्