गाेलबजारबाट हराएका युवाकाे शव विराटनगरको गेस्टहाउसमा भेटियाे
सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।
मोरङ, असोज २९ : विराटनगरको एक गेष्टहाउसमा एक युवक मृत्य भेटिउका छन्। सो शब सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका युवा अंक सदायको भएको प्रहरीले जनाएको छ।
विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए।
सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।
असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशंका व्यक्त गरे। प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १०:३९ बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












