Kathmandu Press

नियम विपरित नम्वर प्लेट राख्ने ६१० सवारीसाधन कारवाहीमा

नियम विपरित नम्वर प्लेट राख्ने ६१० सवारीसाधन कारवाहीमा

काठमाडाैं, असाेज २८ : सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई आज कारवाही गरिएको छ। यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ।

आज गरिएको विशेष जाँच अभियानमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, असोज २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्