Kathmandu Press

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन, असाेज २८ : यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी-नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ।

यसैबीच, सोही औषधि प्रयोग गरिंदा अन्य नौ बालबालिकाको  स्वास्थ्य अवस्था गम्भीर रहेको  र त्यस बारे अनुसन्धान भइरहेको  जनाइएको छ।

Hardik ivf

यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ । गृहयुद्ध शुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू  उपकरण, औषधि र बजौट अभावले थल परेका छन्।

हुथी विद्रोहीहरूले सन् २०१४ मा उत्तरी यमनको ठूलो भाग कब्जा गरी सानाबाट साउदी समर्थित यमनी सरकारलाई विस्तापित गरेका थिए।

युद्धले दशौं हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिसलाई विस्थापित गरेको छ । गृहयुद्धको चपेटाले देश भोकमरीमा धकेलिएको छ ।

प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्