Kathmandu Press

खर काट्ने बेला लडेर महिलाको मृत्यु

खर काट्ने बेला लडेर महिलाको मृत्यु
Hardik ivf

बैतडी, असाेज २८ : भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहरा रहेकी छन् ।

शुक्रबार स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर घटनास्थल मै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्