Kathmandu Press

राजमार्ग बन्द हुन नदिन प्रजिअको निर्देशन

जंगल छेउछाउका राजमार्ग रुख ढलेर वा बाटो बिग्रेर बन्द हुने अवस्था आउन नदिन उनले सो निर्देशन दिएका हुन्।
राजमार्ग बन्द हुन नदिन प्रजिअको निर्देशन
Hardik ivf

माेरङ, असाेज २७ : आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज निर्देशन दिएका छन्।

जंगल छेउछाउका राजमार्ग रुख ढलेर वा बाटो बिग्रेर बन्द हुने अवस्था आउन नदिन उनले सो निर्देशन दिएका हुन्। निर्देशनअनुसार सडक कार्यालयले जनताबाट आएका गुनासोलाई अविलम्ब सम्बोधन गर्नुपर्ने र संस्थानका सवारी साधनलाई चालू अवस्थामा दुरुस्त बनाएर राख्नुपर्ने उल्लेख छ।

निर्वाचनमा हुन सक्ने अराजक गतिवधिलाई निस्तेज पार्न प्रहरी सङ्ठनको  क्रियाशीलता बढाउनुपर्ने, मतदानमा खटिने कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ। एक मतदानस्थलमा आठ देखि १२ जना कर्मचारी परिचालन गरिने र  निर्वाचनलाई भयरहित, स्वच्छ, स्वतन्त्र, पारदर्शी तथा धाँधलीरहित बनाउन तीन घेरामा सुरक्षा रहने व्यवस्था गरिएको प्रजिअ दाहालले बताए।
    
अतिसंवेनशील र सामान्य मतदानस्थल वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जानकारी दिँदै उनले भने, 'जनताको मत प्रकट गर्ने निर्वाचन हर हालतमा स्वच्छ एवं निष्पक्ष बनाउन प्रशासन तयार छ।'

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्