Kathmandu Press

श्रीलंकाले म्यानमारलाई कोभिड १९ खोप सहयोग गर्ने

स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्रकारहरुलाई त्यसबारे बताए। 
श्रीलंकाले म्यानमारलाई कोभिड १९ खोप सहयोग गर्ने

काेलम्बाे, असाेज २७ : श्रीलंका सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ। स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्रकारहरुलाई त्यसबारे बताए। 

उनले श्रीलंकासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताउनु भएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताएका छन्।

श्रीलंकाका अधिकारीहरूले म्यानमारमा खोपहरू पुर्‍याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका रामबुक्वेलाले बताएका हुन्।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, असोज २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्