१० लाख ७० हजार रुपैयासहित विमानस्थलबाट एक भारतीय पक्राउ

काठमाडौं, असोज २८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको करिब १० लाख ७० हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय भारतीय नागरिक मोहद् तसलिम रहेका छन् ।
बुद्ध एयरको उडानबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी पारेको थियो ।
पक्राउ परेका तसलिमलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।
प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












