Kathmandu Press

बर्दियामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

ठक्कर दिने ट्र्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बर्दियामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

बर्दिया, असाेज २८ : बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।

कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्र्याक्टरले खोनपुर गाउँमा स्कुटिलाई ठक्कर दिँदा स्कुटिमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन सुनारले जानकारी दिए।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्