Kathmandu Press

कम्बोडियामा डुंगा डुब्दा आठ बालबालिकाको मृत्यु

सानो डुंगामा क्षमताभन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन्।
कम्बोडियामा डुंगा डुब्दा आठ बालबालिकाको मृत्यु

नोमपेन्ह, असाेज २८ : कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ।

सानो डुंगामा क्षमताभन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन्।

‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन्,’ थाउले भनेका छन्। पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ। दुई वयस्क, डुंगा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताएका छन्।

एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गर्नु भएको छ। डुंगा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन्। नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुंगा रहेको छ। 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असोज २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्