Kathmandu Press

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुईपटक मतदान भएको थियो। 
इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

बगदाद, असाेज २८ : इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्।

संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुईपटक मतदान भएको थियो। 

Hardik ivf

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नुहुनेछ। रशिदले उनलाई नै पराजित गरेका हुन्। 

मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए। नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो। 

अहिले ७८ वर्ष उमेर पुगेका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री भएका थिए।  

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्