Kathmandu Press

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ती स्वास्थ्यकर्मीहरुको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ सम्ममा ज्यान गएको हो।
ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

साओ पाओलो, असाेज २८ : ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ। जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो।

सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो। पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरुमा ४ हजार ५ सयको ज्यान गएको पाइएको हो।

Hardik ivf

ती स्वास्थ्यकर्मीहरुको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ सम्ममा ज्यान गएको हो। यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो। यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स छन्। उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए।

ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो। यहाँ छ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गएको छ। कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन्। तर कोभिडबाहु भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ।

पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ। यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थाहरु पनि जम्मा पारेको बताएको छ। 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्