बेँसीशहर चामे सडक एक सातापछि सञ्चालन
पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक एक सातापछि सञ्चालनमा आएको छ।
लमजुङ, असोज २८ : पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक एक सातापछि सञ्चालनमा आएको छ।
अविरल वर्षासँगै आएको बाढी पहिरोले असोज २० गतेदेखि सडक अवरुद्ध भएको थियो। विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि सडक पूर्णरुपमा सञ्चालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए।
यो सडक ६५ किलोमिटर लामो छ। सडक अवरुद्ध हुँदा दशैं मनाउने र दशैं मनाएर फर्किने यात्रुलाई सास्ती भएको थियो।
प्रकाशित मिति: ०६:३६ बजे, शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












