Kathmandu Press

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगितामा उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको छ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज

कास्की, असोज २८ : गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधार स्तरोन्नतिलगायतका सबै तयारी पूरा भएको छ। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रङ्गशालाबाट राष्ट्रिय खेलकुदको आज अपराह्न उद्घाटन गर्ने कार्यक्रम छ।

Hardik ivf

असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगितामा उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको छ। समारोहमा सातै प्रदेशका संस्कृति झलिक्ने गरी पोखरा रङ्गशाला सिँगारिएको छ। राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने भएका छन्।

उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताए।

उनका अनुसार केही चुनौतीलाई सामना गरेर प्रतियोगितालाई भव्य बनाउन गर्नुपर्ने सबै काम सकिएका छन्। प्रतियोगिताको अन्तिम तयारी गरिरहँदा अपेक्षा नगरिएको वर्षाका कारण मौसमले केही दिन चुनौती दिए पनि मूलभूतरुपमा प्रतियोगिताको भव्य तयारी गरिएको उनले बताए।

समारोहमा सातौँ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन्। प्रतियोगितामा सहभागी ११ टोलीको मस्कटसहित मार्चपास हुनेछ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका ६ हजार एक सय ५७ जना खेलाडी सहभागी हुँदै छन्। प्रतियोगितामा स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य ६ सय पदक रहेका छन्।

प्रकाशित मिति: ०६:२२ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्