Kathmandu Press

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ

जर्मनी, असाेज २७ : जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ।

यसै वर्षको सुरुमा प्रहरीले ‘हिंसात्मक आक्रमण र अन्य राज्यविरोधी गतिविधिको तयारी’ र स्वास्थ्यमन्त्री कार्ल लाउटरबाखलाई अपहरण गर्ने षडयन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो।

अनुसन्धानकर्ताहरुले एलिजाबेथ आर नाम गरेकी पाँचौं संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्।

Hardik ivf

सन् २०२२ को जनवरीमा उनीमाथि जर्मनीको प्रजातान्त्रिक संस्थालाई अस्वीकार गर्ने अतिवादी समूहमा सामेल भएको आरोप लागेको थियो।

यस समूहको मुख्य उद्देश्य जर्मनीमा गृहयुद्धको अवस्था सिर्जना गर्नु र अन्ततः संघीय सरकार र संसदीय लोकतन्त्रलाई अपदस्थ गर्नु रहेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्।

उक्त समूहले राष्ट्रव्यापी ‘ब्ल्याकआउट’को कारण बिजुली सुविधाहरू नष्ट गरेर यो हासिल गर्न चाहेको आरोप लगाइएको छ।

यस समूहको प्रशासनिक शाखा एलिजाबेथ आर.को अध्यक्षतामा रहेको बताइएको छ, 'जसले उच्च ओहदामा रहेर योजनाहरू अघि बढाउन र समन्वय गर्न योजनाहरू बनाएको थियो।'

उनीविरूद्ध नयाँ सदस्यहरू भर्ती गर्ने र हतियार र विस्फोटक पदार्थहरू किन्ने प्रयासमा पनि संलग्न रहेको आरोप लगाइएको छ।

अभियोजनकर्ताहरूले भनेका छन्, 'उनले पटक–पटक योजनाहरूको शीघ्र कार्यान्वयनको माग गरिन् र ठोस समयसीमा पनि माग गरेकी थिइन्।'

गत अप्रिलमा उक्त षडयन्त्रको पर्दाफास भएपछि लाउटरबाखले आफूलाई निशाना बनाइएकाकारण प्रहरी सुरक्षामा राखिएको बताएका थिए।

स्वास्थ्यमन्त्रीले कोभिड–१९ का उपायहरूको विरोधमा केही प्रदर्शनकारीहरू ‘अत्यधिक खतरा' भएको र ‘राज्य र लोकतन्त्रलाई अस्थिर पार्ने मनसाय’ भएको बताएका छन्।

जर्मनीमा कोरोना भाइरसविरुद्ध गरिएको प्रदर्शनले कहिलेकाहीँ दशौं हजार प्रदर्शनकारीहरूलाई आकर्षित गरेको थियो । आन्दोलनले खोपको प्रभावकारिताप्रति शङ्का व्यक्त गर्दै नव–नाजीहरू र अति दक्षिणपन्थी एएफडी पार्टीका सदस्यहरू सहितलाई  व्यापक आकर्षित गरेको थियो ।

यद्यपि, यस वर्ष भाइरसको प्रतिबन्ध खुकुलो भएसँगै लकडाउनविरोधी प्रदर्शनहरू कम भएका छन् ।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्