Kathmandu Press

गठबन्धनको दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

गठबन्धनको दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल
Hardik ivf

तनहुँ, असाेज २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन। नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाई बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताए।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । 'नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो,' वरिष्ठ नेता पौडेलले बताए। उनले कार्यकर्तालाई अधिनाकवाद विरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताएका थिए।

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्