Kathmandu Press

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ पक्राउ

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ पक्राउ

काठमाडाैं, असाेज २७ : काठमाडौँको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा हनुमान चोक नजिकै असोज २५ गते दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाडौँ चावहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई बाउन्सर नितेश राई र छिरिङ लामालाई धारिलो हतियारको प्रयोग गरेर फरार उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरीएको जानकारी दिए।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, असोज २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्