मानिसको भाग्य बदल्ने चार टिप्स
पैसासम्बन्धी निर्णय साँच्चिकै राम्रो गरेजस्तो लाग्छरु यो सीप हो कि भाग्यर ? उदाहरणका लागि कहिले जन्मिने, त्यसको निर्णय गर्नुभएको थियोरु वा कहाँ र कुन परिवारमा जन्मिने,....

पैसासम्बन्धी निर्णय साँच्चिकै राम्रो गरेजस्तो लाग्छरु यो सीप हो कि भाग्यर ? उदाहरणका लागि कहिले जन्मिने, त्यसको निर्णय गर्नुभएको थियोरु वा कहाँ र कुन परिवारमा जन्मिने, त्यो पनि निर्णय गर्नुभएको थियो?
यी तत्वहरू मात्रैले पनि तपाईंको आर्थिक अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो भूमिका खेल्दछ। तपाईंको पारिवारिक परिस्थितिसँगै थुप्रै “म्याक्रोइकोनोमिक ट्रेन्ड”ले पनि भूमिका खेलेको हुन्छ। यसले तपाईंको कुल सम्पत्ति निर्धारण गर्दछ। तर यसमा तपाईंको कुनै नियन्त्रण हुँदैन।
आफ्नो नियन्त्रणभन्दा बाहिर भएका कारक तत्वको सामना गर्ने तरिका र हुनसक्छ त्यसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्नेबारे कार्ला स्टार्रले नयाँ पुस्तकमा केही समाधान पनि निकालेकी छिन्। उनको नयाँ पुस्तकको नाम हो( क्यान यु लर्न टु बी लक्कीरु ह्वाइ सम पिपल सीम टु विन मोर अफ्टन देन अदर्स।
लास भेगासको “कार्ड काउन्टर” भएर सोच्नुहोस्। तपाईंलाई वितरण गरिएको तास मात्रै भाग्य हुनुसक्छ तर त्यसको “प्याटर्न” अध्ययन गर्नुभयो भने आफ्नो फाइदाका लागि सुक्ष्म कामहरू गर्न सकिन्छ। जितको ग्यारेन्टी त नहोला तर सम्भावना बढाउन सकिन्छ। उसो भए पैसा र जीवनमा कसरी भाग्यमानी बन्ने?
बलियो सामाजिक सञ्जाल विकास गर्नुहोस्
एउटा आकर्षक जागिर दिइरहेका नयाँ सम्पर्क व्यक्ति वा पुरानो साथीसँग अकस्मात भेट हुनुलाई धेरैले भाग्य ठान्छन्। तर घरमा एक्ले बस्नेहरूभन्दा बाहिर निस्किएर मानिसहरूसँग अन्तर्क्रियाको प्रयास गर्नेहरूसँग त्यसको अकस्मातको घटना धेरै हुने सम्भावना हुन्छ।
“कम्पनीभित्र र बाहिर सामाजिक सम्बन्धको विविधता कायम गर्नु नै क्यारियर सफल बनाउने एउटा महत्वपूर्ण कारण हो,” स्टार्रले भनिन्। “ठूलो सञ्जाल भए र विभिन्न मञ्चमा सामाजिकीकरण गरे काम पाउने तपाईंको बाटो फराकिलो हुन्छ। सफलताको सम्भावना पनि बढ्छ।”
आर्थिक रूपले चुस्त हुनुहोस्
अवसर पाउनासाथ समाउन सक्नुहुन्छरु कि जीवनको वर्तमान परिस्थितिमा अल्झिएकाले त्यसलाई त्यसै जान दिनुहुन्छरु सकेसम्म लचिलो हुनु महत्वपूर्ण भएको स्टार्रले बताइन्। थप खर्च नगर्नुहोस्। बचत गर्नुहोस्। नयाँ सीप आर्जन गर्न निरन्तर लगानी गर्नुहोस्। नयाँ अवसरको फाइदा उठाउन वा कुनै उदाउँदो स्थानमा बसाइ सर्न पछि नहट्नुहोस्।
खराब भाग्य घटाउनुहोस्
धेरै पैसा पाउनु मात्रै पैसाको भाग्य खोल्नु होइन। जस्तै लट्री जित्नु वा कुनै पैतृक सम्पत्ति हात पार्नु। सम्भावित खराब भाग्य न्यूनीकरण गर्नु पनि यसको काम हो। अर्थात् आकस्मिक समयका लागि बचत गर्ने बानीले गाडीको मर्मत वा स्वास्थ्य उपचार खर्च लगायतमा ठूलो सहयोग पुग्नसक्छ।
वारेन बफेट भन्छन् आफ्नै क्षमताको घेराभित्र रहनुहोस्। तर कुनै विशेष उद्योग, क्षेत्र वा सम्पत्ति वर्ग असाध्यै सफल भएपछि त्यस्तो हुनु चुनौतीपूर्ण हुन्छ।
“अरू सफल भएको देखेर आफूलाई पनि रहर लाग्छ। तर सफलता सजिलै हात पर्दैन,” माइकल माबुसिनले भने। उनी ब्लू माउन्टेन क्यापिटल म्यानेजमेन्टका अनुसन्धान निर्देशक हुन्। उनले “द सक्सेस इक्वेसनस् अन्ट्याङ्गलिङ स्किल एन्ड लक इन बिजनेस, स्पोर्ट्स एन्ड इन्भेस्टिङ” नामक पुस्तक लेखेका छन्।
क्रिप्टोकरेन्सी पछिल्लो उदाहरण हो। उदाउँदो सम्पत्तिको वर्ग बुझिएन भने त्योबाट टाढै बसेको राम्रो। कोही बिटकोइन मिलियनेयर भयो भन्दैमा आफू पनि भइन्छ भन्ने ग्यारेन्टी छैन।
हार नमान्नुहोस्
“चाँडै हार मान्ने भएकाले धेरै मानिसहरू भाग्यमानी हुँदैनन्,” स्टार्रले भनिन्,“दृढता आफैंमा एउटा सीप हो जसले भाग्यसम्म पुर्याउँछ।”
यो सिद्धान्त जेमा पनि लागू हुन्छ। कामको खोजी होस् वा आफ्नो लागि सहि प्रेमी प्रेमिका खोज्न। बचत गर्ने होस् वा खराब समयमा लगानी गर्ने। विशेषगरी क्यारियर सुरू गर्दा दीर्घकालीन सोच राख्नुहोस्। यसो गरे दशकौंसम्म आर्थिक सुरक्षा हुने स्टार्र बताउँछिन्।
खेल जित्न चाहने फुटबल टिमजस्तै मैदानमा रहनु र खेल्नु महत्वपूर्ण हुन्छ। हरेस खाएर घर फर्किए हारको ग्यारेन्टी हुन्छ। “जीवनमा आउने प्याटर्नलाई हेर्नुहोस्। हाम्रो जीवनमा प्रायस् हामी नै भाग्यको श्रोत हौं वा अभाव पनि,” स्टार्रले भनिन्।



-1776510445.jpg)
-1755950009.png)







