Kathmandu Press

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन्।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

पाेखरा, असाेज २७ : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पेस गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन्।

Hardik ivf

प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बाँस्तोलाले संवैधानिक व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएको बताए।

मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराए।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताए। नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए।

कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव अणप्रसाद न्यौैपाने र प्रवक्ता चण्डीप्रसाद अर्यालले पनि बोलेका थिए।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्