Kathmandu Press

‘जुत्ताचप्पल चोरीपैठारी हुँदा स्वदेशी व्यवसायीले समस्या भोग्नुपरेको छ’

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले देशको मागलाई धान्न सक्ने गरि उत्पादन गर्न सक्ने क्षमताको बिकास भइसक्दा अनियन्त्रीत रुपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्युन बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेको जनाएको हो।
‘जुत्ताचप्पल चोरीपैठारी हुँदा स्वदेशी व्यवसायीले समस्या भोग्नुपरेको छ’

काठमाडाैं, असाेज २७ : फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायीले समस्या भोग्नुपरेको जनाएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले देशको मागलाई धान्न सक्ने गरि उत्पादन गर्न सक्ने क्षमताको बिकास भइसक्दा अनियन्त्रीत रुपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्युन बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेको जनाएको हो।

वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले बताए। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको र  विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको एशोसिएशनले जनाएको हो।

अध्यक्ष घिमिरेले नेपाली उद्योगीहरुको वस्तुको प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाले नेपालमा ९० प्रतिशत जुत्ता नेपाली उत्पादन भएको दावी गरे।

आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट रु एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको एशोसियसनले जनाएको छ।

भन्सार नाकामा गस्ती बढाउनका साथै सीमानाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने एशोसियसनको माग छ। 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्