थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ७ सय २५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, असाेज २७ : नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर गरिएको ७ सय २५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार