Kathmandu Press

राष्ट्रसंघमा भारतद्वारा पाकिस्तानको आलोचना

रूस–युक्रेन युद्धलाई लिएर बुधबारको महासभा बैठकमा मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कूटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो।
राष्ट्रसंघमा भारतद्वारा पाकिस्तानको आलोचना

संयुक्त राष्ट्रसंघ, असाेज २७ : संयुक्त राष्ट्रसंघको महासभामा रूसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ। भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको कडा शब्दमा आपत्ति जनाएको छ। 

रूस–युक्रेन युद्धलाई लिएर बुधबारको महासभा बैठकमा मस्कोविरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कूटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो।

Hardik ivf

मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कूटनीतिज्ञले रूसले युक्रेनी भूभाग कब्जा गरेझै भारतले पनि पाकिस्तानी भूमि कश्मि कब्जा गरेको आरोप अप्रत्यक्ष रूपमा लगाएपछि संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रूचिरा कम्बोजले भारतविरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताइन्। जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग हो र त्यो सधैं भारतमा नै रहने बताउँदै उनले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गरिन्। 

संयुक्त राष्ट्रसङ्घले चार युक्रेनी क्षेत्रलाई रूसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्तावमाथिको मतदानका बेला अनुपस्थित रहेको भारतले राष्ट्रसङ्घका सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिएको छ। बुधबार भएको मतदानमा एक सय ४३ देशले प्रस्तावको पक्षमा आफ्नो मत जाहेर गरेका थिए।

भारतसहित ३५ देश भने मतदानका बेला अनुपस्थित रहेका थिए। प्रस्तावको विपक्षमा पाँच देशले मतदान गरेका थिए। यद्यपि भारतले युक्रेनमा नागरिक पूर्वाधारलाई निशाना बनाएर सर्वसाधारणको ज्यान जाने गरी द्वन्द्व बढेकामा गहिरो चिन्ता व्यक्त गरेको छ। 

युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कूटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा पनि भारतले जोड दिएको छ। 'तत्काल युद्धविराम र द्वन्द्वको समाधान गर्न शान्ति वार्ताको शीघ्र पुनः शुरुवातको लागि इमानदार प्रयास हुनुपर्छ, तनाव कम गर्ने उद्देश्यले हुने सबै प्रयासलाई भारत समर्थन गर्न तयार छ,' भारतीय स्थायी प्रतिनिधिले भनिन्।

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्