Kathmandu Press

बोको हरामकाे आक्रमणमा चारजनाको मृत्यु

नाम नबताउन आग्रह गर्ने एक सेना अधिकारीले सिन्ह्वालाई भने कि आत+sवादीहरूले सेनासँग मिलेर नागरिक समुदायमाथि आक्रमण गरेका थिए।
बोको हरामकाे आक्रमणमा चारजनाको मृत्यु
Hardik ivf

याउण्डे, असाेज २७ : आतंककारी समूह बोको हरामले क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा एउटा समुदायमा आक्रमण गर्दा कम्तीमा चारजना सर्वसाधारणको मृत्यु भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन्।

सो हमला टुरो जिल्लाको मौताज गाउँमा सोमबार राति भएको हो। नाम नबताउन आग्रह गर्ने एक सेना अधिकारीले सिन्ह्वालाई भने कि आत+sवादीहरूले सेनासँग मिलेर नागरिक समुदायमाथि आक्रमण गरेका थिए।  

नाइजेरियासँगको सिमाना बाँड्ने टुरोउमा थप सिपाहीहरू तैनाथ गरिएको छ। यस क्षेत्रका बारम्बार बोको हरामको आक्रमणबाट पनि समस्याग्रस्त भएको अधिकारीले जानकारी दिएका छन् । 

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्