Kathmandu Press

युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ।
युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेन, असाेज २७ : युक्रेनले दक्षिणमा थप भूभाग फिर्ता गरेको छ।

धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ। 

अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो।

युक्रेन रुसी आक्रमणबाट त्रसित छ। यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन्।

‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पुर्‍याउन सक्छौं,’ अमेरिकी रक्षा  मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिएका छन्।

पश्चिमी ऐक्यबद्धताको थप प्रदर्शनमा, जी-७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ।  बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरेका छन्। 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतंकवादको कार्यको रूपमा वर्णन गरेका छन्।  

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, असोज २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्