Kathmandu Press

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मकवानपुर, असाेज २७ : मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिंगालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो।

यस्तै भीमफेदी–६ जुरिखेतमा भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ। स्थानीय ३२ वर्षीया समिता रानामगर बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, असोज २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्