Kathmandu Press

धनुषामा ६ जनाको उम्मेदवारी फिर्ता

उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।
धनुषामा ६ जनाको उम्मेदवारी फिर्ता

धनुषा, असाेज २७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।

Hardik ivf

प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं ४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङगालले जानकारी दिए।  

यस्तै प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ ९ख० मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए।

धनुषा क्षेत्र ४ ९ख० मा स्वतन्त्र उम्मेदवार  रामदुलार महतोले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यही असोज २३ गते प्रतिनिधिसभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीनजना र प्रदेशसभातर्फ ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्