Kathmandu Press

अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरू युगान्डामा भेट्दै

पछिल्ला दिनहरुमा अफ्रिकी देशहरुमा इबोला सङ्क्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्न उनीहरुको बैठक बस्न लागेको बताइएको छ।
अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरू युगान्डामा भेट्दै

कम्पाला, असाेज २७ : अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरु युगाण्डामा भेट्ने भएका छन्। उनीहरुको बैठक युगाण्डमा हुन लागेको हो।

पछिल्ला दिनहरुमा अफ्रिकी देशहरुमा इबोला सङ्क्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्न उनीहरुको बैठक बस्न लागेको बताइएको छ।

Hardik ivf

अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरुले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो।

युगाण्डामा रहेको विश्व स्वास्थ्य सङ्गठनमा सो बैठक बस्न लागेको हो। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताउँदै आएको छ।

त्यसपछि सो बैठक बस्न लागेको र एकले अर्को देशको सीमा क्षेत्रमा कडाइ गर्नुका साथै इबोलाको रोकथामका लागि आवश्यक समन्वय गर्ने निर्णय स्वास्थ्य मन्त्रीहरुको सो बैठकले गर्ने भएको छ।

युगाण्डामा प्राप्त पछिल्लो तथ्यांकअनुसार यहाँ इबोलाका ४८ जना सङ्क्रमित भेटिएका छन् भने केही दिन यतामात्र यहाँका १७ जनाको ज्यान गएको छ।

त्यस्तै पछिल्लो समयमा अफ्रिकाका विभिन्न देशमा इबोलाको संक्रमण पाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, असोज २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्