Kathmandu Press

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासङ्घ

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासङ्घ

काठमाडाैं, असाेज २६ : नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ।

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्पmत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो। ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: २१:०० बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्