Kathmandu Press

भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

नयाँ दिल्ली, असाेज २६ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ।

आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई दोस्रो पटक घटाएको हो।

जुलाईमा आईएमएफले सन् २०२२ को अप्रिलदेखि सुरु हुने आर्थिक वर्षमा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो। यो अनुमान यस वर्षको जनवरीमा अनुमान गरिएको ८.२ प्रतिशतभन्दा कम हो।

आर्थिक वर्ष २०२१–२२ (अप्रिल २०२१ देखि मार्च २०२२) मा भारतको आर्थिक वृद्धि दर ८.७ प्रतिशतले बढेको छ।

आईएमएफले मङ्गलबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय आर्थिक मूल्याङ्कन रिपोर्टमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने उल्लेख छ। जुलाईको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले तल झरेको छ।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्