Kathmandu Press

तेलको मूल्य बृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दावी

तेलको मूल्य बृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दावी

मस्काे : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताएका छन।

मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी नेता पुटिन भने, 'केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ।'

वास्तवमा अर्बाैं मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ।

पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभाबलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रूस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताएका छन।

सम्मेलनमा पुटिनले पाइपलाइनको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, 'रूस आपुर्ति सुरु गर्न तयार छ । बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।'

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्