Kathmandu Press

काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले पाए चप्पल चुनाव चिन्ह

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई बुघबार चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।
काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले पाए चप्पल चुनाव चिन्ह

काठमाडौं, असोज २६ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले  चप्पल चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई बुघबार चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायि तथा सामाजिक अभियन्ता विजय कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।  

निर्वाचन आयोगले बुधबार साँझ कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो। उनी चुनाव चिन्ह लिन टोखा नगरपालिकाको वडा नम्बर ५ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुटुटै निर्वाचन चिह्न वितरण गरिएको आयोगले जनाएको छ। 

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्