Kathmandu Press

मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले गरे एमाले परित्याग

पार्टीले प्रदेशसभाको टिकट नदिएपछि बारा–१ ‘क’बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका हुन्।
मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले गरे एमाले परित्याग

बारा, असोज २६ : एमाले मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन्।

पार्टीले प्रदेशसभाको टिकट नदिएपछि बारा–१ ‘क’बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका हुन्। उनी साबिक निजगढ गाउँपालिकाका अध्यक्षसमेत भइसकेका नेता हुन्।

Hardik ivf

पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावनाविपरीत टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनका प्रस्तावक रहेका यमबहादुर खड्का र समर्थक रहेका गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्।

पार्टीले आम कार्यकर्ता र मतदाताको भावनाविपरीत बारा–१ ‘क’बाट तृलाृेकी चौधरीलाई उम्मेदवार बनाएको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएक छन्।

यस्तो अवस्थामा कम्युनिस्ट पार्टीका नाताले पार्टीको निर्णयविरुद्ध उभिनु दायित्व सम्झेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

291658976_5293025804160232_5145323690427534980_n_RTuiGeNi631665576337.jpg

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्