Kathmandu Press

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा, असाेज २६ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते कोइरालाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्