थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ७ सय ४३ पिसिआर परिक्षणका क्रममा ४५ जना र ९ सय ८० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैं, असाेज २६ : नेपालमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ७ सय ४३ पिसिआर परिक्षणका क्रममा ४५ जना र ९ सय ८० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२९ बजे, बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार