Kathmandu Press

ललितपुर-१ (क) मा माओवादीका बागीद्वारा उम्मेदवारी फिर्ता

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन्।
ललितपुर-१ (क) मा माओवादीका बागीद्वारा उम्मेदवारी फिर्ता

ललितपुर, असोज २६ : ललितपुर–१ (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवार राजु आले मगरले नाम फिर्ता लिएका छन्।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन्। त्यहाँ माओवादी केन्द्रका आधिकारीक उम्मेदवार हरि दहाल छन्।

प्रतिनिधिसभातर्फ यस क्षेत्रमा कांग्रेसका उदयशमशेर राणा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन्। प्रदेश (ख) मा कांग्रेसका मीन कृष्ण महर्जन उम्मेदवार छन्।

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्