Kathmandu Press

नाइजेरिया बाढी : ५ सयभन्दा बढीको मृत्यु

हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा ७ लाख ९० हजार २ सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन्।
नाइजेरिया बाढी : ५ सयभन्दा बढीको मृत्यु

लागोस, असाेज २६ : भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ। बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन्। 

हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा ७ लाख ९० हजार २ सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन्। 

बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन आंशिक वा पूर्ण रूपमा क्षति भएको अबुजामा बाढीको अवस्था अद्यावधिक गर्ने क्रममा एक जना सरकारी अधिकारीले बताए।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्