Kathmandu Press

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

काठमाडाैं, असाेज २६ : पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ।

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Hardik ivf

आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ। पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुन सक्ने पनि मौसमविद्हरुले जनाएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ। आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रुपमा खुला रहने सो महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ।

नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एकदुई दिनपछि ठुलो पानी पर्न थालेको थियो।

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्