Kathmandu Press

दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजारभन्दा बढी कोरोना संक्रमित

यहाँ मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार ५ सय ३५ जनामा सङ्क्रमण देखिएको हो।
दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजारभन्दा बढी कोरोना संक्रमित

साेल, असाेज २६ : दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन्।

यहाँ मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार ५ सय ३५ जनामा सङ्क्रमण देखिएको हो।

अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा सङ्क्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन्।

यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन्। तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी सङ्क्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ।

गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा सङ्क्रमितहरु देखिने गरेका थिए। त्यसका तुलनामा अहिले पुनः सङ्क्रमितहरु बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

यहाँ पछिल्ला दुई दिनमा १५ जना सङ्क्रमितको ज्यान गएको छ। योसमेत गरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३  पुगेको छ।

कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ २ करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ।

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, असोज २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्