Kathmandu Press

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

इराकी संसदका सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो।
इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

बग्दाद, असाेज २६ :  इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ। इराकी संसदले बिहीबार उनको निर्वाचन गर्ने भएको हो।

इराकी सभामुखले सो कुरा इराकको संसदलाई मंगलबार जानकारी दिएका हुन्। उनले इराकी संसदको मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए।

Hardik ivf

इराकी संसदका सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो। मंगलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ।

त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन्।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ। राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रहिआएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्